शंखमुलको बाटो भद्रगोल, हिँड्नै समस्या (फोटो फिचर)

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१० शंखमुलको ओरालोबाट अलितिरको सडक भद्रगोल तरिकाले धमाधम मर्मत हुँदैछ । मर्मत गर्न लागिएको उक्त सडकको दायाँबाँया हिँडडुल गर्न नै समस्या भएको छ ।
उक्त स्थानमा जथाभावी इट्टालगायत सामान राख्नाले हिँडडुल गर्न समस्या भएको हो । 'बाटो हिँड्नै नहुनेगरी इट्टालगायतको टुक्रा राखिएको छ' शनिबार बिहान हिँडिरहेका रौतहटका रामरोशन साहले भने 'कमसेकम हिँड्न मिल्ने गरी त राख्नुपर्छ नि ।'
बिछ्याउन लागेको टायल पनि जथाभावी राखिएको उनले बताए । 'हामी युवालाई त हिँड्न समस्या छ भने बच्चा, वृद्ध/वृद्धा, अपाङ्गहरू कसरी हिँड्नु ?' साहले प्रश्न गरे ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया