विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसिया जाँदै

काठमाडौँ- आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ ।
मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ ।
महेशप्रसाद रिजाल प्रशिक्षक रहेको टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदैछ ।
क्यानका अनुसार १६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डको टिम रहेका छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य भने नयाँ प्रतिद्वन्द्वी टोली हुन् ।
नेपालले माघ ५ बाट बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यसैगरी नेपालले माघ ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्ने तालिका तय भइसकेको छ ।
नेपाली टोलीः
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुवँर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया