कर्णाली सरकारले सूचना लुकाएको छैन : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले कुनै सूचना लुकाउनुपर्ने गरी काम नगरेको बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (शुक्रबार) यहाँ आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले गरेका काम जति धेरै जनता माझ पुर्याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्त्य हुने बताए।
उनले प्रदेश सरकारले गरेका काम आमनागरिक सामु जस्ताको तस्तै सम्प्रेषण गर्न सूचना अधिकारीहरूको भूमिका उल्लेखनीय हुने बताए। ‘सरकारले गरेका सकारात्मक काम अझै बाहिर आउन सकेका छैनन्। जसका कारण सरकारले कामै नगरे जस्तो नागरिकमा अनुभूति हुने गर्छ। सूचना सम्प्रेषण गर्दा सरकारको उपलब्धि जनता बीचमा जान्छ। त्यसैले सूचना नलुकाइदिनुस्,’ उनले भने।
प्रदेश सरकार सुशासन र पारदर्शिता कायम गर्न र भ्रष्टाचारको अन्त्य गरी समाजमा देखिएका विसंगति अन्त्य गर्ने काममा लागेको हुनाले सरकारले लुकाउनुपर्ने कुनै सूचना नभएको उनको भनाइ छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया