पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११:०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल हुनेछ । सो बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
बिहान ११ बजेदेखि सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने जनाउँदै बैठक बिहान ११:३० बजेबाट सुरू गरिने समितिले जनाएको छ ।
साथै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने नेपालको संविधानको धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल सुरू हुनेछ । जसका लागि बिहान ११:०० बजेका लागि बैठक बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया