कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने

काठमाडौं - कोशी प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।
बिहीबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यही माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर वैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
परियोजनाहरुको शोकेसिङ, कानुन संशोधन र खरिद प्रक्रिया लगायतका कार्य गर्न समय अभाव भएकोले लगानी सम्मेलन सारिएको उनले बताए ।
कोशी प्रदेश सरकारले करिब १ खर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो । लगानी सम्मेलनका लागि ३७ वटा परियोजनाहरूलाई शोकेसमा राखिएको छ । यसका लागि विभिन्न समिति र सचिवालय समेत गठन भइसकेको छ ।

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_k7mj0XF0Az_wwmb6mqdox3vmcf8zfy7h2grhjvulj1bphymc0jxsjazwzlnub5br65x4e3c.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

प्रतिक्रिया