आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ - कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानून, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको उनले बताए ।
अन्य निर्णयमा कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बेनेको विधेयक प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको प्रदेश सरकार प्रवक्ता भण्डारीले उल्लेख गरे ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया