समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौँ- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया