बागमती खेलकुद परिषद्मा थप ६ जना नियुक्त

काठमाडौँ- बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् ।
गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खेलकुद संघ संस्थाबाट भागबन्डा अनुसार एमाले कोटाबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठ तथा कांग्रेस कोटाबाट खेलकुद संघ संस्थाबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरेकी हुन् ।
यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । जसअनुसार रवि महर्जन, कल्पना खड्का, नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।
तर, नियुक्त भएको ४५ दिनसम्म उनीहरुको सपथ हुन नसके पनि अब सपथ हुन सक्ने जनाइएको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया