सीपीसीलाई चिनियाँ भाषामै शुभकामनादेखि असारे विकाससम्म

काठमाडौँ : राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले समसायिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट वक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।
साथै उनले दाङको निर्माणाधीन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दु:ख पाएको भन्दै त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भन्दै प्रश्न गरिन् ।
त्यस्तै राष्ट्रिय सभाकी अर्की सदस्य इन्दु कडरियाले नेपालमा कोभिड–१९ को महामारीका कारण जनस्वास्थ्यपछि शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएको बताइन् । उनले शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट वञ्चित भएको भन्दै तिनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद उदया शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मूल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले कोडिभको महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरू झनै पीडित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै अर्का सांसद खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाए । उनले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरे । त्यसैगरी छोटो समयमा पटकपटक इन्धनको मूल्य बढेको र त्यसले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद कोमल वलीले छिमेकी मित्रराष्ट्र चीनले विश्वमा आफ्नो आवश्यकता महसुस गराउन सफल भएको भन्दै चिनको कम्युनिस्ट पार्टी स्थापनाको सतबार्षिकीको अवसरमा चीननका राष्ट्रपतिका साथै सरकार र चीनीयाँ जनतालाई चिनियाँ भाषामा नै शुभकामना र बधाई दिइन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया