जर्मनीले ट्रम्पलाई भन्यो : सीमाहरू बलपूर्वक सार्न पाइँदैन

बर्लिन- अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्ने चेतावनीपछि जर्मनीले बुधबार उनलाई सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसङ्घको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औँल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भने, “जहिले पनि दृढ सिद्धान्त लागू हुन्छ... कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।”
मङ्गलबारको एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्याण्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गरेनन् । ग्रिनल्यान्ड र पनामा नहरमाथि उहाँले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको बताएका छन् ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकी क्यानाडासँगको सीमालाई ‘कृत्रिम रूपमा खिचिएको रेखा’ भन्नुभएको छ भने मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने वाचा गरेका छन् ।
हेबेस्ट्राइटले नाटो सहयोगी डेनमार्क र क्यानाडाविरुद्ध ट्रम्पको धम्कीलाई जर्मन सरकारले गम्भीरतापूर्वक लिएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरे ।
“म ती टिप्पणीहरूको मूल्याङ्कन गर्न चाहन्नँ”, उनले नियमित पत्रकार सम्मेलनमा भने । उनले जर्मन सरकारले तिनीहरूलाई ‘नोट’ गरेको मात्र जोड दिए । (एएफपी)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_UohXfqGzua_sre502cgw9jejwdgrnlegz9r3wdmlfht4iapoztiljbaq0whnq7u4vdp3fyp.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया