क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं - संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो । मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणमा विलम्ब भएको स्पष्टीकरण दिएका थिए ।
समिति सभापति सोनाम गेल्जेन शेर्पाले मुलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र वातावरणीय प्रभाव मूल्यांकन (इआई) चाँडो टुङ्गाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए ।
समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया