जलमा आश्रित चराको गणना चितवनमा शुरू

काठमाडौँ - जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ ।
प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।
जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाई देखि गोलाघाटसम्म र माडीको बगई पुल देखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बुले बताए ।
त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए । राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरु खटिएको लिम्बुले बताए ।
पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगाएतको देशहरू बाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातिको पानी चरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया