आर्मीविरूद्ध थ्री स्टारले हान्यो १० गोल

काठमाडौं - थ्री स्टार क्लबले सानादार १० गोल हानेर जित हासिल गरेको छ ।
एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारले सानदार १०-० को जित हासिल गरेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे । यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे ।
यस सानदार जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ भने दुवै खेलमा पराजित आर्मी अंकविहीन छ । पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार स्विकार गर्न विवश भएको थियो ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया