बुलेट प्रुफ बनाइयो सलमान खानको घरको झ्याल र बाल्कोनी

मुम्बई- सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाएपछि उनको सुरक्षा चिन्ता बढिरहेको बेला यो कार्य गरिएको हो ।
सो घटनापछि सलमानको घरमा सुरक्षा बढाइएको थियो । सोही क्रममा अहिले उनीहरुको बाल्कोनी र झ्याल बुलेट प्रुफ बनाइएको हो ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निमार्णको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बाल्कोनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन् ।
एनडीटीभीका अनुसार सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको हो । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएका छन् ।
८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो । गोली चलाउने घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैदसमेत भएका थिए । गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउने गर्छन्।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया