विश्वभर तीन अर्ब २६ करोड डोज कोभिड खोप लगाइयो

काठमाडौँ : विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोभिड भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ ।
इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोभिड भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । एएफपी

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया