श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने

काठमाडौँ - श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्ने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।
यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम राख्ने उनको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
दिसानायके जनवरी १४ देखि तीन दिने भ्रमणमा जान लागेको मन्त्री जयतिसाले जानकारी दिए ।
सेप्टेम्बरमा निर्वाचित भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । गत महिना उनले क्षेत्रीय शक्ति भारतको भ्रमण गरेका थिए ।
सन् २०२२ मा कोलम्बोमा खाद्यान्न, इन्धन र औषधि जस्ता आवश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलंकाले आफ्नो सार्वभौम ऋण चुक्ता गर्न नसकेको बेला अन्य सरकारबाट लिएको १४ अर्ब डलर ऋणको आधाभन्दा बढी हिस्सा चीनको थियो ।
वामपन्थी दिसानायकेले सन् २०२३ मा आफ्ना पूर्ववर्तीले वार्ता गरेको दुई अर्ब ९० करोड डलरको चार वर्षे अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) राहत ऋण कार्यक्रमलाई पहिले नै समर्थन गरिसक्नुभएको छ र राज्यको राजस्व बढाउन उच्च कर लगाउने योजना बनाएका छन् ।
धेरै ढिलाइपछि श्रीलंका सरकारले गत महिना आफ्नो दिवालिया स्थितिको अन्त्य गर्दै द्विपक्षीय ऋण र अन्तर्राष्ट्रिय सार्वभौम बन्ड दुवैको पुनर्गठन गरेको थियो ।
आधिकारिक स्रोतहरूका अनुसार श्रीलंकाले चीनबाट थप आर्थिक सहायता माग्न सक्ने सम्भावना रहेको छ ।
दुई देशले सरकारी सञ्चार माध्यमहरूबीच नजिकको सहकार्य लगायत केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
राष्ट्रपति दिसानायकेको साथमा विदेशमन्त्री विजित हेराथ र यातायातमन्त्री विमल रत्नायके रहनेछन् ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया