नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।
आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ । लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् ।
सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बीमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । –रासस

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया