प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी- बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ ।
डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो । दशरथ चन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुरले १६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो ।
डडेल्धुराले ८९ रनको विजयी लक्ष्य १७ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा प्राप्त ग¥यो । डडेल्धुराका लागि रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन् ।
बलिङतर्फ कञ्चनपुरकी मञ्जु विष्टले दुई विकेट लिइन् । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरकी रेवती धामीले सर्वाधिक ४१ रनको योगदान दिइन् । बलिङतर्फ डडेल्धुराकी हिरा साउदले तीन विकेट लिइन् ।
उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता पुस २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ १ गतेदेखि कैलालीको धनगढीमा हुने तय भएको छ । -रासस

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया