जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

काठमाडौँ - जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो ।
आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा एक सय २१ मात्र बनायो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । साथै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट लिए ।
त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन । कूल ३३ दशमलव एक ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले एक सय २५ रन बनायो । यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम गर्यो ।
आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए । साथै सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए ।
पहिलो पारीमा चार रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि एक सय ७५ रन बनायो । एक सय ७१ रनले अघि रहेको आर्मीले पुलिसलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो ।
आर्मीका लागि दोस्रो पारीमा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले चार विकेट लिए भने गुलशन झाले तीन, ललित राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।
कूल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्रो पारीमा ४० दशमलव तीन ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो । उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए ।
आर्मीका लागि आकाश चन्द र साहब आलमले समान दुई विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।
जारी प्रतियोगिताको आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ भने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया