सहकारीको नियमन गर्न प्राधिकरण बिनसक्यो - मन्त्री अधिकारी

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ बार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सहि दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अव कार्यान्वयनको चरणमा रहेको बताएका हुन् ।
सहकारी सबै एउटै प्रवृतिको रहेको र सहकारी चाहँदैन भन्ने भ्रम फैलाउने गरेको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारी विरुद्ध फैलाएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताए । मन्त्री अधिकारीले देशभरका सहकारीमा आवद्ध भएकालाई एकै ठाँउमा राखेर मन्त्रालयले एकवद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागिेको जानकारी दिए ।
उनले सहकारीलाई व्यवस्थीत गर्नका लागि सहकारीकर्मीहरुले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया