जनमत पार्टीले गठन गर्यो कार्यदल

काठमाडौं- जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादव रहेका छन् ।
मधेसकेन्द्रित दलहरूबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयानुसार मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका निम्ति कार्यदलको जिम्मेवारी तोकिएको हो ।
पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठाइएको सन्दर्भमा मधेसकेन्द्रित दलहरूको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका निम्ति कार्यदल गठन गरिएको पार्टीले जनाएको छ ।
यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणका निम्ति आइतबार समिति गठन गरेको थियो । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया