ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
काठमाडौं- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका अनुसार एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ।
विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया