बिष्णुपुर गाउँपालिका उपाध्यक्षले नै गरिन् सरकारी गाडी तोडफोड

सिरहा - सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् ।
समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा.२ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन ।
उपाध्यक्ष सिंहले पालिकाको स्कर्पिओलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोँकमा आक्रोश पोख्दै गाडीमा क्षति पुर्याएको घटनाले उनको व्यवहारप्रति कुरा उठ्न थालेको छ।
स्थानीयवासीका अनुसार, उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएको छ।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेकी हुन् । उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएकी थिइन् । समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाडी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कर्पिओ र प्रशासकीय अधिकृत भाडाको गाडीमा चढ्दै आएका छन् । उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्।
आज कार्यक्रममा जान अध्यक्षसँग गाडी माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्य भएर गाडी तोडफोड गरेको बताइन्छ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया