मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

११ किलो सुनसहित तीन जना पक्राउ

सांकेतिक फोटो

काठमाडौँ - श्रीलंकाको नौसेनाले डुङ्गामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीन जनालाई पक्राउ गरेको छ ।

उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । 

उक्त सुन र शंकास्पद व्यक्तिलाई कानूनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ । 

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो ।