शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

ईन्दिरा आईभीएफ नेपालको पहिलो वार्षिकोत्सव

काठमाडौँ- इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश गरेको छ । 

शनिबार महाराजगञ्जको पानीखरीमा रहेको सेन्टरमा आयोजित बार्षिकोत्सव समारोहमा प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारी, इन्दिरा आईभीएफका संस्थापक डा. अजय मुर्दिया, र इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा होमगाईले संयुक्त रुपमा केक काटेका थिए ।

वार्षिकोत्सवमा सांसद कुसारीले निसन्तान दम्पत्तीका लागि आईभीएफ सेन्टर बरदान भइरहेको भन्दै इन्दिरा आईभीएफले उपलव्ध गराएको सेवाको प्रशंसा गरिन् । 

उनले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन् ।

आईभीएफका संस्थापक डा मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए । 

उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ट सेवा दिन सफल भएको बताए ।

इन्दिरा आईभीएफ पानी पोखरीका प्रमुख डा होमगाईँले आफू कहाँ आएका केशहरुमा औषत रुपमा ८५ प्रतिशत बढी सफलता मिलेको बताइन । 

सो अवसरमा उनले सानो प्रस्तुतीकरण समेत दिएकी थिइन् । जसमा गुणस्तरीय सेवा प्रदान गर्न इन्दिरा आईभीएफले अपनाएका विधि समेत उल्लेख थियो ।

इन्दिरा आईभीएफको शाखा नेपालमा भित्र्याउने सञ्चालक उमेश अग्रवालले एक वर्षको अवधिमा दिन सकेको सेवा र आर्जन गरेको विश्वासले आगामी दिनमा थप सेवा गर्ने मौका पाउने बताए । 

उनले सेवामा खटिने आफ्ना कर्मचारी तथा नेपालमा शाखा खोल्न राजी हुने डा मुर्दिया लगायतलाई धन्यवाद दिए ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल