पत्रकार पुडासैनीको अन्त्येष्टि

नुवाकोट - हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ ।
काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्याएलगत्तै निधन भएको थियो । शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उहाँलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत भएका थिए । नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया