एन्फा महिला लिगमा एपीएफको सानदार जीत

काठमाडौं - नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ क्लबले जीत हासिल गरेको हो ।
रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली एपीएफले बागमती युवा क्लबविरुद्ध ५–१ को फराकिलो जीत हासिल गरेको छ ।
एपिएफले दोस्रो चरणको खेलमा सुखद सुरुआत गर्दा बागमतीको भने यो लगातार दोस्रो हार यो । यसअघि बागमती त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित हुन बाध्य भएको थियो ।
एपिएफलाई फराकिलो जित दिलाउन रश्मीले ह्याट्रिक गर्दा गीता राना र अनिता केसीले थप एक एक गोल गरेका थिए भने बागमतीका लागि पुष्पाकुमारी खड्काले एक मात्र जवाफी गोल फर्काएकी थिइन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया