चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ - चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न अहिंसावादी संघ, संस्था, साकाहारी संघ लगायतले भैँसीको मासु निर्यात सम्झौता विरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले आफू पनि बचौं र अरूलाई पनि बाँच्न दिऔं, मासु निर्यात सम्झौता खारेज गरौं सम्पूर्ण प्राणी प्रति करुणा भाव राखौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले चीनसँगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएकाले यसलाई खारेज गर्नुपर्ने माग गरेका थिए ।
सम्पूर्ण प्राणीको जीवनरक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउन विरोध गरेको उनीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो । सरकारले भने नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्वपूर्ण हुने बताउँदै आएको छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया