रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शनिबारबाट काठमाडौँमा सुरू भएको छ ।
पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बसेको हो । बैठक दुईदिनसम्म चल्ने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक छलफल, उपनिर्वाचन समीक्षा, संगठन समीक्षा र रणनीतिका विषयमा छलफल हुने उनले बताए ।
त्यस्तै संविधानको परिमार्जन, पार्टीको आगामी कार्यदिशा तय गर्दै बैठक आइतबार समापन हुने बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै रास्वपाले केन्द्रीय समितिमार्फत केन्द्रीय समिति, सल्लाहकार परिषद् र केन्द्रीय बिभागको पुनर्सरचना गर्ने तयारी गरेको भने पार्टीको बैठक संचालन कार्यविधि समेत संशोधन गर्ने बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया