अल्लु अर्जुन अब हिरासतमा बस्नु नपर्ने

हैदाराबाद- सन्ध्या थिएटर मामिलामा साउथ सुपरस्टार अल्लु अर्जुनलाई नामपल्ली अदालतले नियमित जमानत दिएको खबर छ ।
उनलाई अदालतले ५०–५० हजार रुपैयाँको दुईवटा धरौटीमा धरौटीमा रिहा गरेको खबर छ । साथै अदालतले उनलाई हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको छ । यसअघि उनले तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए ।
अल्लु अर्जुनको नियमित जमानत याचिकामा डिसेम्बर ३० मा सुनुवाइ भएको थियो तर सो दिन फैसला सुरक्षित राखिएको थियो । तर, ३ जनवरी साँझ अदालतले आफ्नो फैसला सुनाए लगत्तै अल्लु अर्जुनले राहत पाएको खबर बाहिरियो ।
वास्तवमा ४ डिसेम्बरमा फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । त्यही क्रममा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि १३ डिसेम्बरमा अल्लु अर्जुनलाई यस मामिलामा पक्राउ गरिएको थियो । तल्लो अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।
तर, सोही दिन उनले तेलंगाना उच्च अदालतबाट अल्लु अर्जुनले अन्तरिम जमानत पाएका थिए । र अहिले भने उनले नियमित जमानत पाएका हुन् ।
‘पुष्पा २’ ले रच्यो इतिहास
तर, अल्लु अर्जुनको फिल्मको कुरा गर्ने हो भने हालै ‘पुष्पा २’ ले निकै सफलता हात पारेको छ । यो देशकै दोस्रो धेरै कमाउने फिल्म बनेको छ । यसअघि यो कीर्तिमान प्रभासको ‘बाहुवली–२’को नाममा थियो तर २८ दिनमा विश्वभर १७९९ करोड कमाएर ‘पुष्पा २’ ले इतिहास रच्दै यो कीर्तिमान कायम गरेको हो ।
‘पुष्पा २’ को कमाइको क्रम अझै जारी छ । यो फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो । रिलिज भएको करिब एक महिना बितिसक्दा पनि यो चलचित्रका लागि दर्शक हलमा घुमिरहेका छन् । कमाईको मामिलामा अहिले आमिर खानको ‘दंगल’ मात्रै ‘पुष्पा २’ भन्दा अगाडि छ, जसले २०७० करोड कमाएर एेतिहासिक रेकर्ड कायम गरेको थियो ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया