रहेनन् पत्रकार पुडासैनी

काठमाडौँ- पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कोठा पुगेपछि ढलेका थिए । अन्य दिन जस्तै शुक्रबार दिउँसो पनि पुडासैनी नियमित काममै थिए ।
लगत्तै उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याएलगत्तै पुडासैनीलाई मृत घोषित गरिएको थियो ।
केहि दिनअघिदेखि विरामी रहेका उनी नियमित चेकजाँच गर्दै आएका थिए ।
पुडासैनीले यसअघि प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण, माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली लगायतमा काम गरेका थिए । हाल उनी नेपाल भ्युज अनलाइन उपसम्पादकको रूपमा कार्यरत थिए ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया