यस वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार विष्ट र रावललाई

काठमाडौँ- सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो ९५.२ लाई प्रदान गर्ने निर्णय गरेको छ । संस्थागत रूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद रु. २५ हजार रहेको छ ।
यस्तै 'गोविन्द वियोगी विशेष पत्रकारिता' पुरस्कार राजधानी दैनिकका बझाङ सम्वाददाता डीबी विष्ट र समय अनलाइनको सम्पादक ध्रुव रावललाई प्रदान गर्ने समाजका महासचिव श्याम डोटेलले जानकारी दिए । उनका अनुसार बझाङ जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका विष्ट नेपाल पत्रकार महासङ्घ बझाङका सभापति हुन् र रावल नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यमामा आबद्ध हुँदै पत्रकारिता गरिरहेका छन् ।
यो पुरस्कार जनही रु. १५ हजार एक र प्रमाणपत्र सहित प्रदान गरिने छ । सम्पादक समाज नेपालको २०८१ पौष १७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सम्पादक समाज नेपालको अभिभावकत्व वहन गरिरहेकोमा सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई अभिनन्दन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले आगामी २०८१ माघ ५ गते शनिवार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी – ७ मा पुरस्कार, सम्मान एवं अभिनन्दन कार्यक्रम गरिनेछ ।

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_txtuHllz8A_w2jwe64p5yhmmtmhfk2k9mhtmqjq2jrpyyss04ayqzvu1pnmxnxyvgqn7g6u.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9E9zQWPMwE_cd8dmvp5gyno4daib2prmw7q8fz7km6m1d96vdrhfw1twnykyqeftnmi4i0q.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

प्रतिक्रिया