गोकर्णेश्वर ५ स्थित त्रिकोण पब्लिक स्कूलमा निशुल्क दन्त शिविर सम्पन्न,४५०भन्दा बढिले लिए लाभ

काठमाडौं - काठमाडौंँको गोकर्णेश्वर ५ स्थित त्रिकोण पब्लिक स्कूलमा नेपाल स्काउटको नेसनल ओपन स्काउट क्र्यू र त्रिकोण पब्लिक स्काउट ट्रुपको संयुक्त आयोजनामा तथा समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा एक दिवसीय निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक र समुदायका अन्य सदस्यसमेत गरी ४५० भन्दा बढीले निशुल्क दन्त जाँच र परामर्श सेवा प्राप्त गरेका छन्। यस अवसरमा सहभागीहरूले दन्त रोगको रोकथाम, उपचार र स्वस्थ दन्त जीवनशैलीका विषयमा जानकारी हासिल गरेका थिए।
कार्यक्रमको उद्घाटन विद्यालयका प्रिन्सिपलको अनुमतिमा भएको थियो। कार्यक्रममा उपस्थित चिकित्सकहरूले दन्त रोगको प्राविधिक परीक्षण, सफा गर्ने प्रक्रिया र आवश्यक परामर्श प्रदान गरेका थिए। शिविरमा समाज डेन्टल अस्पतालको अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरका संयोजक नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक बिदुर गिरिले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूको नियमित आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विश्वास व्यक्त गर्दै भने, "यस प्रकारका कार्यक्रमहरूले समुदाय र विद्यालयबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै विद्यार्थीहरूको समग्र स्वास्थ्य र सिकाइ प्रक्रियामा पनि सकारात्मक प्रभाव पार्नेछ।"
समाज डेन्टल अस्पताल पेप्सिकोलाको शाखा प्रमुख एलिना दाहालले आगामी दिनहरूमा पनि यस्ता प्रकारका दन्त स्वास्थ्य शिविरहरूको आयोजना गर्न नेपाल स्काउट अन्तर्गत सञ्चालित नेसनल ओपन स्काउट क्र्यूलाई निरन्तर सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
अन्त्यमा विद्यालयका एकेडेमिक इन्चार्ज बिजय बस्नेतले यस्ता शिविरहरूले विद्यार्थी र अभिभावकको स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक टोली, आयोजक र सहभागी सबैलाई मायाको चिनोले सम्मान गर्दै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_HI8H5Mgp3l_erc4wjoekbclz8lew5jxsfk6vfgzd28yblr9g9gydastffk3egbwrfavxg34.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_RXI4I3Ap7e_pidbjj2sc9yyqfadyoz0sxlhxukclwfqzzr5njfnkv5rc46kx3eea61s0byv.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया