अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने
काठमाडौँ : अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा अर्जेन्टिनाले तीन गोल गर्दा कोलम्बियाले दुई गोल मात्रै गर्न सक्यो । जितसँगै फाइनल पुगेको अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया