लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक #DigitalDecember अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ।
सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरू बारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो। यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा निम्न मितिहरूमा सम्पन्न गरिएका थिए।
• पोखरा, गण्डकी प्रदेश: ११ डिसेम्बर २०२४
• सुर्खेत, कर्णाली प्रदेश: १३ डिसेम्बर २०२४
• इटहरी, कोशी प्रदेश: १८ डिसेम्बर २०२४
• जनकपुर, मधेश प्रदेश: २० डिसेम्बर २०२४
• हेटौंडा, बागमती प्रदेश: २३ डिसेम्बर २०२४
• धनगढी, सुदूरपश्चिम प्रदेश: २४ डिसेम्बर २०२४
• भैरहवा, लुम्बिनी प्रदेश: २७ डिसेम्बर २०२४
• काठमाडौं उपत्यका: २९ डिसेम्बर २०२४
प्रत्येक कार्यक्रमहरूमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए। यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए।
देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रमहरूमा निम्न प्रकारका विविध विषयहरू समेटिएको थियो:
• वित्तीय डिजिटल साक्षरता
• डिजिटल बैंकिङले जीवनस्तरमा गर्न सक्ने सुधार
• अर्थतन्त्र र व्यापक पारिस्थितिक प्रणालीमा डिजिटल बैकिङको फाइदा
• नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन परिदृश्य
• नेपालमा डिजिटल बैंकिङको वर्तमान अवस्था
• डिजिटल बैंकिङका चुनौतीहरू (सुरक्षा, जोखिम, ठगीका प्रकार र समाधानहरू)
• नेपालमा डिजिटाइजेशन र डिजिटल बैंकिङको भविष्य
प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ। विभिन्न सरोकारवालाहरू लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको छ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_zfxiF09pxY_ir9dyaewv7gkzoypu38nyimmsamylbb58gpwx8ktvjsw3uuitymfcmwy2gnl.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया