कफी र 'ग्रीन टी'मध्ये कुन पिउँदा मुटुलाई फाइदा हुन्छ ?

काठमाडौँ- विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।
जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।
कफी र 'ग्रीन टी'को सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरू ग्रिन टी वा कफी कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ भन्ने अन्योलमा छन् ।
केही समयअघि जेएसिसि (जापान कोलाबोरेटिभ कोहोर्ट स्टडी फर इभ्यालुसन अफ क्यान्सर रिस्क)को अध्ययन अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित भएको थियो ।
यस अध्ययनमा १८ हजार मानिसले सहभागीता जनाएका थिए । १२ वर्षसम्म चलेको यो अध्ययनमार्फत अनुसन्धानकर्ताहरूले कफी वा 'ग्रीन टी' स्वास्थ्यका लागि बढी फाइदाजनक छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए । यस अध्ययनमा शोधकर्ताहरूले पत्ता लगाए कि कफीमा करिब ९५ देखि २०० मिलीग्राम क्याफिन पाइन्छ ।
उही अवस्थामा 'ग्रीन टी'मा क्याफिनको मात्रा ३५ मिलीग्राम हुन्छ । यसको मतलब कफीमा ग्रिन टीको तुलनामा करिब ३ गुणा बढी क्याफिन हुन्छ । अत्यधिक क्याफिनका कारण उच्च रक्तचापको समस्या भएकाहरूका लागि कफीको सेवन हानिकारक हुन सक्छ । जबकि 'ग्रीन टी' मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । सो अध्ययनका अनुसार 'ग्रीन टी'मा पाइने पोलिफेनोल नामक तत्वले क्याफिनको हानिकारक प्रभावलाई हटाएर स्वास्थ्यका लागि बढी फाइदाजनक बनाउँछ ।
मुटुका लागि फाइदाजनक हुनुका साथै 'ग्रीन टी'मा अन्य धेरै स्वास्थ्य लाभहरू छन् । यो दैनिक पिउनाले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । मस्तिष्क विकासमा सहयोगी साबित हुनेछ । यसको सेवनले मधुमेहलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यसका साथै कफीका धेरै फाइदा पनि छन् । कफीले ऊर्जाको स्तर बढाउन मद्दत गर्छ । मस्तिष्क कार्य सुधार गर्दछ । यो मुटुका लागि पनि फाइदाजनक हुन्छ तर उच्च रक्तचाप भएमा भने पिउनु हुँदैन ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया