आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि जिम्मेवार भएर लाग्नुपर्छ - उपप्रधानमन्त्री सिंह

काठमाडौँ - उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विभिन्न आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं क्षेत्र नंवर १ मा आयोजित क्षेत्रीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै सिंहले प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका विकासतर्फ अघि बढाउनुपर्ने बताएका हुन् ।
कांग्रेस नेता समेत रहेका सिंहले मुलुकको स्थायित्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने भएकाले पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा जोड दिए ।
पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै पार्टीलाई बलियो ढंगले अघि बढाउन नेता तथा कार्यकर्ताहरू एक भएर लाग्नुपर्ने उनले बताए ।
ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि नै ठूला दल मिल्नुपरेको धारणा राखे ।
उनले आगामी निर्वाचनबाट पहिलो पार्टी बन्नका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए । सिंहले कांग्रेस पार्टी राष्ट्रिय राजनीतिमा लोकतन्त्रको वकालत गर्न लडेको एकमात्रै पार्टी भएकाले जिम्मेवार भएर अघि बढ्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया