भारतमा भेटियो झण्डै १ करोड मूल्यको घोडा, तैपनि मालिकले बेचेनन्

काठमाडौँ- भर्खरै कोल्हापुर महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ ।
अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए ।
यो घोडा मारवाडी नस्लको हो र करिब २८ लाख नेपाली रुपैयाँ बराबरमा खरिद गरिएको हो । भास्करलाई घोडा पाल्ने मन छ, त्यसैले उनले यो घोडा किनेका हुन् । यो घोडा कोल्हापुर सहरको एक मात्र घोडा हो र जिल्लामा औंलामा गन्न लायकका यी जातका घोडा छन् ।
हाल यो घोडा चार वर्षको भइसकेको छ । यसको मेडिकल चेकअपका लागि पुणेबाट टोलीहरू आउँछन् । भास्करका अनुसार यो घोडाको औसत मासिक खर्च ४० हजार भारतीय रुपैयाँ रहेको छ ।
गब्बरको आहार
गब्बरको डाइट पनि विशेष छ । उनलाई हरेक दिन दस लिटर ताजा दूध, चना, उमालेको साबु र कुटी दिइन्छ । खानामा मात्रै मासिक औसत ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ ।
केही दिनअघि गब्बरलाई बेच्न ५८ लाख (नेपाली रुपैयाँ ९२ लाख ८ हजार) को अफर आएको थियो । तर, भास्करले त्यसलाई अस्वीकार गरेका छन् । यसबारे घोडाका मालिक सुनिल चौगुलेले जानकारी दिएका छन् ।
९८ लाखको अफर
केही दिनअघि अमोल भास्करलाई यो घोडाका लागि पुणेबाट ५८ लाख (नेपाली ९८ लाख ) रुपैयाँको अफर आएको थियो । तर, भास्करले यो प्रस्ताव अस्वीकार गरेका थिए ।
यो घोडा भास्करलाई धेरै प्यारो छ, त्यसैले उनले पैसालाई महत्व दिएनन् । यो घोडाको खानामा मात्रै मासिक ४० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ तर पनि उनको लागि यो घोडा निकै विशेष छ ।
प्रदर्शनीमा गब्बरको छुट्टै चर्चा
यस प्रदर्शनीमा विभिन्न किसिमका जनावर र घोडा राखिएको थियो तर कोल्हापुरको गब्बर नामको घोडाको चर्चा फरक थियो । उनको आकर्षक रुपका कारण गब्बरलाई हेर्न कोल्हापुर, सांगली, सतारा, बैंगलोर, कर्नाटकलगायतका ठाउँका किसानहरू ठूलो संख्यामा आएका थिए ।

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

प्रतिक्रिया