अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

महेन्द्रनगर (धनुषा) - मधेस प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । बुधबार बसको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मंगलबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर सरकारले संसद्लाई बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया