शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउनुपर्छ: मन्त्री गुरूङ

फाइल फोटो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सम्पत्ति शुद्धीकरण’ को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन जरूरी रहेको बताएका छन्।

मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरूङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन सरकारले अभियान नै सुरू गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार संघ र प्रदेशमा राष्ट्रिय रूपमा र्‍याली गर्ने, गलत तरिकाले संकलन गर्ने कालो धनविरूद्ध जनतामा सचेना फैल्याउनेलगायत अभियान सुरू गरिने सरकारको योजना रहेको जानकारी दिए।