धरानबाट साढे ५६ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरी - प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्।
अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ज ३१५८ नम्बरको पिकअपबाट उनीहरूलाई पक्राउ गरेको हो।
धरान उपमहानगरपालिका-२० खैरे खोलाबाट उनीहरू ५६ किलो ४ सय ५ ग्राम गाँजासहित समातिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
चार वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदीपलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।
तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया