जब प्रहरी निरीक्षकमाथि बस बजारियो

बरहथवा (सर्लाही)- तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ ।
गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया