जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गरेका छन् । यसलाई कडाइका साथ पालना गर्न उनले जोड दिए ।
जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गरेका छन् ।
सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
“जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ”, उनले भने “जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ ।”

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया