नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेको बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भौगोलिक अवस्थितिले नेपालको आकास नागरिक उड्डयनको क्षेत्रमा यसको स्कोप कहिले नघट्ने बताए।
उनले भने, ‘नेपाली आकास सुरक्षित छ, कुनै समस्या छैन। भौगोलिक अवस्थितिले पनि नेपाली आकास सुरक्षित र गतिशील छ। चलायमान भनेर हामीले विश्वभर सन्देश फैलाउन जरूरी छ।’
मन्त्री पाण्डेले नेपालमा भौगोलिक अवस्था विकट भए पनि यहाँ असंख्य पर्यटन क्षेत्र तथा विभिन्न धार्मिकस्थल भएका कारण अन्य देशको तुलनामा पर्यटक बढी आउन खोज्ने गरेका बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले नेपाल नागरिक उड्डयन प्राधिकरणको काम गर्ने तौरतरिका चित्तबुझ्दो रहेको बताए।
उनले भने, ‘प्राधिकरणको काम गर्ने तरिका ठीक छ, सबैको साथ र सहयोगले प्राधिकरणले सफलता पाएको छ।’
मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले नेपालका दूर्गम क्षेत्रमा अहिले पनि यातायातका साधन सञ्चालन हुन नसकेका कारण दुर्गम तथा हिमाली क्षेत्रमा जहाज सञ्चालन गर्न तत्काल आवश्यक रहेको बताए।
उनले भने, ‘नागरिकलाई सेवा दिन जहाज चलाउन आवश्यक छ, त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ।’
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको दृष्टीकोणमा नेपालको आकास निकै सुरक्षित रहेको र प्राधिकरणले उक्त क्षेत्रमा गरेका तथा अबका दिनमा गरिने कार्यका विषयमा जानकारी दिए।
कार्यक्रममा प्राधिकरणको विशेषांक विमोचन गरिनुका साथै प्राधिकरणको सफलताको क्षेत्रमा उल्लेख्य कलम चलाउने पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया