तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

काभ्रेपलाञ्चोक धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनर्निर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पुर्याएपछि नगर क्षेत्रमा खानेपानी अवरुद्ध थियो ।
दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खानेपानी तथा सरसफाइ समितिले जनाएको छ ।
उक्त आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका– १२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।
हाल धुलिखेलस्थित मुख्य ट्यांकीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्यांकीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक–दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न १९ लाख ७९ हजार खर्च भएको छ ।
आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनर्निर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।
जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरूप एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जुले जानकारी दिए।
जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरू तीन महिनादेखि खानेपानीविहीन थिए । रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया