कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका छन्। साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन्।
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो। उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
पूर्वराष्ट्रपति कार्टरले नेपालमा भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमणसमेत गरेका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया