लामखुट्टे भगाउन बालिएको घुरबाट सल्कियो आगो, ७ घर जले

रौतहट- लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यराति भिषण आगलागी भएको छ।
आगलागीबाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
गएराति सवा २ बजेको समयमा राजदेवी नगरपालिका-५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।
आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र, ३ वटा बाख्रा , राम सोगारथ पासवान , दिपेन्द्र पासवान , विजय पासवान, कान्ति देवी पासवान, प्रदिप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट सात जनाको घर जलेर ८ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
आगलागी भएको खबर पाउना साथ बिओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपलिकाको दमकल र स्थानियवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र मानविय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

प्रतिक्रिया