बन्दीपुर भ्रमण वर्ष २०२५ आयोजना हुने

काठमाडौँ- पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बन्दीपुर भ्रमण वर्ष, २०२५' आयोजना हुने भएको छ। पर्यटन प्रवद्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सुजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले तनहुँको बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको हो।
भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्दबहादुर थापाले जानकारी दिए ।
सचिवालयमा होटल संघ रेष्टुरेन्ट तथा बार एसोसिएसन, रेवान, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए ।
"प्राक्तिक एवं सास्कृतिक सम्पदाहरुको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सख्या वार्षिक दुई लाख पुन्याउने उद्देश्यसहित बन्नीपुर भ्रमण वर्ष आयोजना गरिएको हो अध्यक्ष थापाले भने ।
सचिवालय संयोजक पर्यटन वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रबर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ। 'भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौँ उनले भने 'भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा बार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्याउने हाम्रो लक्ष्य छ ।'
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ। साथै बिदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयां पुऱ्याइनेछ। हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबासका साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सन्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ।
यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान विकास र प्रवर्द्धन गरिनेछ। भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ। भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा बप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ', उनले भने ।
भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ। पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउंमे कमाओं गाउँमै रमाऔं तथा बातावरणीय सरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ।
भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ। अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसस्थाहरुबाट अपेक्षा गरिएको प्रतिबद्धतालाई समेत राखिएको छ। साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_Pidfw26V0A_9ti5xu2hhiyxaa1hlkj6lhnasjdjythshohewzvk31hqru5shvekuwimngkq.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_UCythP7w3D_ilzk4dhag2tthz9c3wpbafp8jy9hdcbfofuucrvkg8ghn777pxwxh2jwcrnl.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया