बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

जापानको औसत तापक्रम उच्च हुने सम्भावना

टोकियो- जापानको औसत तापक्रम सन् २०२४ मा लगातार दोस्रो वर्ष रेकर्ड उच्च हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

क्योडो न्यूजले जापानको मौसम विज्ञानले जारी गरेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै नोभेम्बर महिनाको औसत तापक्रम सन् २०२० सम्मको ३० वर्षको अवधिको वार्षिक औसतभन्दा १.६४ डिग्री सेल्सियस बढी रहेको बताएको छ । देशको मौसम एजेन्सीले सन् १८९८ मा तथ्याङ्क जारी गर्न थालेदेखि रेकर्ड गरिएको औसत तापक्रम यताकै उच्च स्तरमा पुगेको छ ।

“तापमान असामान्य रूपमा उच्च थियो भनेर भन्न सकिन्छ,” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) अधिकारीले बताए ।

एजेन्सीका अनुसार, उच्च तापक्रम पश्चिमी वायुले ल्याएको तातो हावाका कारण भएको हो ।

प्रतिवेदनले जापानको तापक्रम हालैका वर्षहरूमा बढ्दै गएको र सन् २०१९ तथा सन् २०२३ बीचको पाँच वर्ष शीर्ष पाँच सबैभन्दा तातो वर्ष रहेको बताएको छ ।

जापान वरपरका समुद्रहरूको औसत सतहको तापक्रम पनि नोभेम्बरको अन्त्यसम्ममा वार्षिक औसतभन्दा १.४६ डिग्री सेल्सियस बढी थियो । (सिन्ह्वा)

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश