गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : राष्ट्र संघ

नयाँ दिल्ली- संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ ।
शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।
गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ ।
रिपोटका अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ ।
यसैबीच युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताए । (एएनआई)

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

प्रतिक्रिया